Section 42
प्रतिज्ञापत्रको प्रस्तुतीकरण
देखाएको निश्चित अवधिपछि भुक्तानी हुने प्रतिज्ञापत्र भुक्तानी पाउने अधिकार भएको व्यक्तिले प्रतिज्ञापत्र लेखिदिने व्यक्ति समक्ष प्रतिज्ञा गरिएको मुनासिब समयभित्र कारोबारको दिनमा कारोबार गर्ने समयभित्र देखाउनको लागि प्रस्तुत गर्नुपर्नेछ । सो बमोजिम नगरेमा त्यस्तो नगर्ने व्यक्तिप्रति अन्य कुनै पक्ष उत्तरदायी हुनेछैन ।